काठमाडौं– सरकारी कर्मचारीले घुसको पैसा साथी र आफन्तको खातामा लुकाउन थालेका छन् ।


ADVERTISEMENT


सहरी विकास तथा विकास निर्माण विभाग डिभिजन कार्यालय रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख उपसचिव सुरेश ठाकुरले साथी र आफन्तको नाममा एक करोडभन्दा धेरै रकम राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट खुलेको छ ।


ADVERTISEMENT

# # #


ठाकुरविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा आईतबार विशेष अदालतमा मुद्धा दायर गरिएको छ ।

उनीविरुद्ध तीन करोड १८ लाख ७३ हजार ७२० रुपैयाँ ६९ पैसा बिगो दाबी गरी मुद्धा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए । – आजको नयाँ पत्रिकाबाट