काठमाडौँ– चाबहिलमारहेको अत्याधुनिक सपिङ सेन्टर चाबहिल प्लाजाले दशै कार्निभल योजना संचालनमा ल्याएको छ ।
विजय दशमी तथा दिपावलीको अवसर पारेर प्लाजाले आर्कषक छुट र उपहारसहित दशैं कार्निभल योजना संचालनमा ल्याएको हो ।


ADVERTISEMENT


असोज २० गतेदेखि सुरु भएको दशैं कार्निभल योजना अन्तर्गत चाहबिल प्लाजामा एक हजार रुपैयाँभन्दा माथिको सामानखरिद गर्ने ग्राहकहरुले दैनिक तथा साप्तिाहिक रुपमा उपहार जित्न सक्नेछन् । बम्पर उपहारमा रनरको एक सय सिसिको रनर चिताह बाईक एक जनाले जित्न सक्नेछन् । ग्राहकलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको प्लाजाले जनाएको छ ।


ADVERTISEMENT

# # #


चाबहिल प्लाजामा रहेका पसलहरुबाट एक हजार रुपैयाँ सम्मको खरिदमा ग्राहकले साप्ताहिक रुपमा लक्की ड्र मार्फत उपहार वितरण गरिने प्लाजाले जनाएको छ । उपहार योजनामा सहभागीहरुले साप्ताहिक रुपमा टिभी, रेफ्रिजिरेटर, वाशिङ मेसिन तथा सपिङ भौचर समेत जित्न सक्नेछन् ।

कार्निभल योजना कात्तिक २० गतेसम्म संचालन छ । उक्त अवधिभर दैनिक रुपमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमपनि संचालन हुने बताइएको छ।

डेढ महिना अघि मात्र संचालनमा आएको प्लाजामा २८ बढी आउटलेट छन् । राजधानीको चाहबिल चोकमा रहको प्लाजामा पार्किङको राम्रो व्यवस्था छ । प्लाजामा मोबाइल, ग्रामेन्ट, रेष्टुरेन्ट, कफि सप, ब्यूटि स्टुडियो, फिटनेश क्लब, फुड स्टल, पस्मिना स्टल तथा गेम पार्क लगायतका आउटलेट छन् । यसै गरी बैंक, इन्स्योरेन्स, एजुकेशनल कन्सल्टेन्सी तथा फिजियो थेरापी लगायतका आउटलेट पनि प्लाजामा रहेकाछन् ।