काठमाडौं– नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।


ADVERTISEMENT


काँग्रेसले पार्टीको विधान र भातृ संगठन नेविसंघको विधानबारे छलफल गर्न असोज २५ गतेलाई बैठक बोलाएको थियो । तर, अधिकांश नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि बैठक अनिश्चितककालका लागि स्थगित भएको हो ।


ADVERTISEMENT

# # #


‘अर्को बैठकको समय निश्चित त भइसकेको छैन, सायद अब दशैं अघि बैठक बस्न सम्भव छैन’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘छलफल गरेर दशैलगत्तै बैठक राखिन्छ ।’

यद्यपी काँग्रेसले औपचारिक रुपमा बैठक स्थगित गरेको घोषणा भने गरिसकेको छैन ।

यसअघि आइतबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भातृ संस्था नेविसंघको विधानमा ३२ वर्षे हदम्याद कायम गर्ने निर्णय पारित गरेपछि पार्टीका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र कृष्ण सिटौलाले निर्णयमा असहमति जनाउदै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

सोमबार सिटौला, सिंह र केसी पक्षको बैठक बसेर सभापति देउवाले पार्टीमा विधि विधान विपरित एकलौटी निर्णय गर्न थालेको भन्दै आपत्ति जनाएका थिए । त्यसै दिन उनीहरुले असोज गते २५ बस्ने बैठक बहिस्कार गर्ने घोषणा गरेका थिए । यसैबीच सिटौला, सिंह र केसीपक्षको दवावपछि रामचन्द्र पौडेल पक्षले समेत केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।

बुधबार नेता पौडेलले आफू निकटका नेताहरुलाई निवासमै बोलाएर र केहीलाई टेलिफोनमा सम्पर्क गरी धारणा मागेका थिए । आफू निकटका नेताहरुको सुझाव अनुसार बैठक बहिस्कार गर्ने निर्णय गरेको पौडेल निकट एक नेताले बताए ।

यसअघि काँग्रेसले पार्टीको विधानलाई असोज २५ गतेसम्म अन्तिम रुप दिने जनाएको थियो ।