काठमाडौँ– काठमाडौँ सीतापाइला चोकमा बा २ ज २५६९ नम्बरको ट्याक्सीले गए राति बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका २३ वर्षीय नीरज लामाको मृत्यु भएको छ ।


ADVERTISEMENT


महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दुर्घटनामा गम्भीर घाइते लामाको उपचारका क्रममा गए राति २ बजे मनमोहन अस्पतालमा मृत्यु भएको जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


दुर्घटनामा मोटरसाइकलको पछाडि रहेका काभ्रेकै २३ वर्षीय प्रकाश तामाङ गम्भीर घाइते भएका छन् । घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस