– सुजाता कोइराला


ADVERTISEMENT


नेपालीहरुको महान् चाँड वडा दशैँ शुरु भएको छ । यस अवसरमा म देश विदेशमा रहेका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक शुभकामना दिन चाहन्छु । यो दशैँले नेपालमा समृद्धि ल्याओस् । देश विदेशमा रहेका जति पनि युवाहरु हुनुहुन्छ, उहाँहरुको रोजगारीको व्यवस्था होस् ।


ADVERTISEMENT

# # #


आम नागरिकको शिक्षा, स्वास्थ्य र सुरक्षाको व्यवस्था होस् भन्ने कामना गर्दछु । यो नै प्रमुख कुरा हो । यसका लागि हामी एकजुट हुनुपर्छ । मैँले बारम्बार भन्दै आइरहेकी छु, सहमति, सहकार्य र एकताले सफलताको शिखरमा पुगिन्छ । एक्लै कसैले केही गर्छु भनेर हुनेवाला छैन । ‘टिम वर्क’ नै सबैभन्दा उत्तम कुरा हो । ‘टिमवर्क’ भयो भने मात्रै देश समृद्ध हुन्छ ।

आ-आफ्नो पार्टी छ, आ-आफ्नो सिद्धान्त छ । त्यो आफ्नो ठाउँमा छ । तर विकास निर्माणको काममा सबैजना एक भएर जानु पर्छ । नत्रभने कहिल्यै पनि विकास हुन सक्दैन । त्यसको लागि टिमवर्क हुनुपर्छ ।

मेरो यस पालीको दशैँ पनि पहिलेको जस्तै हुनेछ । दशैँले परिवारसंग भेटघाट गर्ने, सुख दुःखका कुरा गर्ने एउटा मौका ल्याएर आउँछ जस्तो लाग्छ । फेरि राजनीतिज्ञ भएकाले अन्य साथीभाई, कार्यकर्तासंगको भेटघाट छलफलको कुरा आइहाल्छ ।

दशैँमा नै म बाहिर घुम्न जाँदा मलाई क्यान्सर भएको थाहा भएको अहिले दुई वर्ष भयो । मैले यसलाई पराजित गर्न सकेँ । यसले मलाई जिन्दगीमा धेरै कुरा सिकायो । क्यान्सरले मलाई सकारात्मक बाटो देखायो । स्वास्थ्यप्रतिको महत्व बुझायो । त्यस कारण चाँड पर्वसंगै स्वास्थ्यलाई पनि ख्याल गर्न म अनुरोध गर्दछु ।

समृद्ध नेपाल कसरी बनाउने मेरो इच्छा, चाहना छ । जीपी कोइराला फाउन्डेसनको माध्यामबाट विकास निर्माणका काममा सघाउने इच्छा छ । मैँले तिहारपछि सबै साथीहरुसंग सरसल्लाह, भेटघाट गर्नका लागि तिहारपछि जिल्ला जिल्ला घुम्ने योजना बनाएकी छु ।

अन्त्यमा, मेरो सबैलाई शुभकामना छ । सबैको जीवनमा प्रगती र समृद्धि आओस् । सुखी नेपाली हेर्न पाइयोस् भन्ने आशा गर्दछु । यो दशैँले सबैको मुहारमा मुस्कान ल्याओस् ।

(कांग्रेस नेतृ कोइरालासंग गरिएको कुराकानीमा आधारित)