नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली र छठ पर्व लगायतको सम्पूर्ण नेपाली दाजुभाई, दिदी बहिनीहरुमा युवा संघ नेपालको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।


ADVERTISEMENT


यस पावन अवसरमा सम्पूर्ण नेपाली जनताहरुलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नाराका साथ यो मुलुकको समृद्धिको नेतृत्व केपी शर्मा ओलीले गरिरहनु भएको छ । यो महान अभियानमा सम्पूर्ण नेपाली जनताको साथ र सहयोगको खाँचो छ र सबै नेपाली जनताहरुले ‘समृद्ध नेपाल र सुखी’ नेपाली भन्ने मूल नारालाई साकार बनाउनका लागि यो महान् अभियानमा सहभागी बनौँ भन्न चाहन्छु ।


ADVERTISEMENT

# # #


२०७५ को विजया दशमी, छठ पर्व लगायत महान चाँडले हाम्रा अभियान र लक्ष्य सफल पार्नका लागि त्यो शक्ति प्रदान गरुन् । म यही शुभकामना व्यक्त गर्न चाहन्छु ।