काठमाडौँ– संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उप–समितिले चिनीको मूल्यमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्न सुझाव दिएको छ ।


ADVERTISEMENT


लेखराज भट्टको संयोजकत्वमा बनेको उप–समितिले चिनीमा लगाएको परिमाणत्मक बन्देजको कोटा खारेज गर्न निर्देशन दिनुपर्ने सु्झाव दिँदै अख्तियारलाई छानविन गर्न समेत आग्रह गरेको हो ।


ADVERTISEMENT

# # #


उपसमितिले ५३ रुपैयाँ प्रतिकेजी पर्ने चिनीको मूल्यलाई दसैंको मुखैमा आएर प्रतिकेजी ७० रुपैयाँ पुर्याउने काम सरकारबाटै भएको ठहर पनि गरेको छ ।

चरम मूल्य वृद्धि हुँदा पनि सम्बन्धित निकायलाई कारबाही हुन नसकेको निष्कर्ष निकाल्दै उपसमितिले सो कार्यको अनुगमनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत रहने गरी अधिकार सम्पन्न उपभोक्ता संरक्षण विभाग गठन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याएको छ ।

बैठकमा समितिका सदस्यले चाडबाडको बेला चिनीको चर्को मूल्य नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकार र अर्थ मन्त्रालयल गम्भीर नभएको आरोप समेत लगाएका थिए ।

चाडपर्वका बेला चिनीको मूल्य चरम रुपमा वृद्धि गरिएपछि सार्वजनिक लेखा समितिले सो समस्या समाधानका लागि आवश्यक सुझाव दिन भट्ट नेतृत्वको उपसमिति बनाएको थियो ।