पर्वत– आगलागीबाट घरबारविहीन भएका पर्वतका एक वृद्धले आफ्नै छिमेकीको सहयोगमा नयाँ घर पाएका छन् । महाशिला गाउँपालिका–१ होस्राङ्दीका आगलागी पीडित खरिलाल अधिकारीलाई बेलायतमा बस्दै आएका उनका छिमेकी उज्ज्वल गुरुङले नयाँ घर र दक्षिण कोरियामा बस्दै आएकी दीपा रानाले गोठ निर्माणमा गरिदिएका हुन् ।


ADVERTISEMENT


गत वैशाख १६ गते आगलागी हुँदा खरिलालको घर र गोठ जलेपछि उनका आफन्तको शरणमा बस्दै आएका थिए । गोठमा गाईबस्तुलाई खोले पकाउँदै गर्दा आगलागी भएपछि पशु चौपायसहित घरगोठ गुमाएका अधिकारीलाई गाउँले गुरुङले तीन लाख खर्च गरेर सो घर निर्माण गरिदिएका हुन् । सामाजिक सञ्जालमार्फत् महाशिला गाउँपालिकामा कार्यरत पशु प्राविधिक दिनेश गुरुङले खरिलालको घर निर्माण अभियान सञ्चालन गरेका थिए ।


ADVERTISEMENT

# # #


निम्न आर्थिक अवस्था भएका खरिलाल नयाँ घर निर्माण भएपछि अहिले प्रफुल्ल भएका छन् । “यतिधेरै मनकारी व्यक्ति छन् भन्ने मैले सोचेकै थिइन्” नयाँ घर हस्तान्तरण कार्यक्रममा उनले भने, “आज मैले नसोचेको बास पाएको छु ।” उनलाई बिहीबार महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले सो घर हस्तान्तरण गरेका थिए । छिमेकीको शरणमा बस्दै आएका खरिलालको परिवार नयाँ बिहीबारदेखि नयाँ घरमा बस्न थालेका छन् ।

यसैगरी होश्राङ्दी घर भई हाल कोरिया बस्दै आएकी दीपाले गोठ निर्माणका लागि एक लाख ३० हजार उपलब्ध गराएकी थिईन् भने स्थानीयवासी देवीप्रसाद सुवेदीले १० हजार खर्चेर विद्युत् जडानमा सहयोग गरेका अभियानकर्ता गुरुङले बताएका छन् । रासस