ललितपुर– सकुन्तलाल हिराचनको युनाइटेड विल्डर्सले चापागाउँ दोबाटोदेखि ढोलाहिटिसम्मको दुई दशमलब एक किलोमिटर सडक खण्ड विस्तार र कालोपत्रेको ठेक्का पाएको ६ वर्ष बितिसकेको छ ।


ADVERTISEMENT


सम्झौताअनुसार विल्डर्सले ३ वर्षअघि नै सडक विस्तार र कालोपत्रेको काम सम्पन्न गरिसक्नुपर्ने थियो तर अझैसम्म पनि काम सम्पन्न हुन सकेको छैन । अझै पनि ६ सय ३० मिटर खण्डमा कालोपत्रे गर्न बाँकी छ । सडकको स्तरोन्नति गर्न ढिलाइ गर्दा सर्वसाधरणले सास्ती थेग्न नसकेर विभिन्न समयमा आन्दोलनसमेत गर्नुपरेको थियो । ठेकेदारले दशैंअगाडि जुनसुकै हालतमा सडकको बाँकी खण्ड कालोपत्रे गर्ने भने पनि त्यो काम नहुने पक्कापक्की जस्तै भएको छ ।


ADVERTISEMENT

# # #


ठेकेदारले बल्ल सडकमा गिट्टी बिछ्याउन थालेको छ । कालोपत्रे गर्ने काम भने दशैंपछि मात्रै हुने निश्चितप्रायः भएको छ । डिभिजन सडक कार्यालय ललितपुरका इन्जिनियर लक्ष्मण रावलले दशैंपछि मात्रै उक्त सडक कालोपत्रे हुने बताएका छन् । दशैंअघिसम्म बेस बिछ्याउने काम गरेर दशैंलगत्तै सडक कालोपत्रे हुन सक्ने उनले दाबी गरेका छन् । ‘बेस बिछ्याएर केही दिन राख्नुपर्ने हुन्छ । बेस बिछ्याएकै दिन हतारमा पिच गरेर हुन्न’, उनले भने– ‘ल्याब टेस्ट पनि गर्नुप¥यो त्यस कारण दशैंअघि पिचको सम्भावना छैन ।’ – आजको नेपाल समाचारपत्रबाट