काठमाडौं– युइएफए नेसन्स लिग ‘ए’ अन्तरगतको समूह १ को खेलमा नेदरल्यान्डले २०१४ को विश्वविजेता जर्मनीलाई ३–० गोल अन्तरले पराजित गरेको छ । गए राति नेदरल्यान्डको जोहान क्रुफ एरिनामा भएको खेलमा नेदरल्यान्डले जर्मनीलाई ३ गोलले पराजित गरेको हो ।


ADVERTISEMENT


पहिलो हाफमा १–० गोल अन्तरको अग्रता लिएको नेदरल्यान्डले दोस्रो हाफमा २ गोल गर्यो । जर्मनीलाई जित दिलाउँनका लागि भर्जिल भान डिजिक, मेम्फिस डिपे र जर्जिन्हो विज्नल्डमले गोल गरे ।


ADVERTISEMENT

# # #


भान डिजिकले खेल शुरु भएको ३० औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ८७औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्डको अग्रता २–० ले पारेको थियो । ९०औं मिनेटमा जर्जिन्हो विज्नल्डमले गोल गरेको थियो ।