काठमाडौं– ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई ५ करोड रुपियाँ उपलब्ध गराएको छ ।


ADVERTISEMENT


मेयर विद्यासुन्दर शाक्यले समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपियाँ चेक प्रदान गरेका हुन्।


ADVERTISEMENT

# # #


करिब ३ महिनाअघिदेखि शुरू भएको काष्ठमण्डप पुनर्निर्माण कार्यलाई अघि बढाउन उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।

यसअघि गएको जेठ २९ गते ५० लाख रुपियाँ उपलब्ध गराइएको थियो । मेयर शाक्यले देशको सम्पत्तिका रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माणलाई निरन्तरता दिन रकम हस्तान्तरण गरिएको जानकारी दिए । – आजको नेपाल समाचारपत्रबाट