काठमाडौँ– मनाङ मस्र्याङ्दी क्लबलाई सिग्नेचरले मुख्य प्रायोजन गरेको छ। घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङलाई प्रिमियम ह्विस्की ब्रान्ड सिग्नेचरले बिहिबार एक कार्यक्रममार्फत २५ लाख रूपैयाँबराबरको प्रायोजन सम्झौता गरेको हो ।


ADVERTISEMENT


मनाङका अध्यक्ष मुखिया कान्छा गुरूङ र नेपाल लिक्वर्स प्रालिका कार्यकारी अध्यक्ष राजेशवीर सिंह तुलाधारले बिहिबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


यो सँगै अब क्लबको नाम सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब हुनेछ। र क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदा सिग्नेचर अंकित जर्स प्रयोग गर्नुपर्नेछ। डिफेन्डिङ च्याम्पियनसमेत रहेको मनाङले सबैभन्दा बढी ६ पटक ए डिभिजन लिग जितेको छ।

सिग्नेचरले यसअघि गत जेठमा प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितालाई पनि मुख्य प्रायोजन गरेको थियो ।