सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले युवालाई जीवनोपयोगी काममा लगाउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


युनिभर्सल पिस फेडरेशन नेपालद्वारा आज यहाँ आयोजित ‘मेयर्स लिडरसिप कन्फेरेन्स, २०१८’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले भने, “धेरै युवा लागुऔषध दुव्र्यसनीमा फसेका छन् । समाजमा नकरात्मक र परम्परागत सोचले जरा गाडेको छ, हरेक मान्छेको मस्तिष्कमा सफा र सकारात्मक सोचको विकास हुन जरुरी छ ।”


ADVERTISEMENT

# # #


उनले मुलुकको समृद्धि र सभ्य समाज निर्माणका लागि आदर्श र नैतिक शिक्षा दिने खालको प्रशिक्षण आवश्यक रहेको औँल्याए । उनले शान्ति, मेलमिलाप दिगो विकासको परिचय भएकाले फेडेरेशनले सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली जनता’ भन्ने मूलमन्त्रलाई सहयोग पुग्ने धारणा व्यक्त गरे ।

युनिभर्सल पिस फेडेरेशनका एशिया प्रमुख डा रोबर्ट एस किटेलले सभ्य एवं शान्त परिवार मुलुक समृद्धिको घोतक हो भने । “संसारमा कुनै धर्मको बुझाइ नराम्रो छैन”, डा एस किटेलले भने, “पछिल्लो समयमा अनुशासनको मार्ग बाहिर गएको र निराशावादी समाजमा शान्ति स्थापित गर्न आवश्यक छ ।”

परिवारमा बाबुआमाले बालबालिकालाई बेलैमा सही स्याहार, हेरचाह र अनुशासित बनाउन नसके चौगुणा खतरनाक हुने उनको चेतावनी थियो । सम्मेलनमा पूर्वसांसद मिलनकुमारी राजवंशीले प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश पढेर सुनाएका थिए । सम्मेलनमा सभामुख, आर्थिक मामिला तथा योजनामन्त्री, प्रदेशसभाका सदस्यसहित कर्णाली प्रदेशका ७९ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता थियो ।