खाना भन्दा भोक मीठो भनिन्छ । तर कहिले काही खाना र परिकार यति मिठो भैदिन्छ कि पेट त भरिन्छ तर मन भरिदैन । हामीले सधै पकाउंदै आएको खानेकुरालाई पनि अलिकति मिहिनेत र आइडिया लगायौं भने हाम्रो घरमै होटल वा रेस्टुराँमा उपलब्ध हुने जस्तै परिकार पकाउन सकिन्छ । त्यसैले यस पटकको दशैँमा कुखुराका स्वादिष्ट परिकार कसरी बनाउने भन्ने विधि  तल प्रस्तुत छ ।


ADVERTISEMENT


चिकन डन्डी 


ADVERTISEMENT

# # #


सामग्री : कुखुराको पखेटा १६ वटा, एक चियाचम्चा अजिनोमोटो, आधा चियाचम्चा मरिचको धूलो, दुईवटा अण्डा, १ सय ग्राम मैदा, ५० ग्राम कर्नफ्लोर, दुई ठूलो चम्चा सुकेकोरातो खुर्सानीको धूलो, तार्नका लागि आवश्यकताअनुसार तेल, नून स्वादअनुसार ।

विधि :  पखेटाको तल्लो भागलाई त्यसमा भएको सबै मासु एकैतिर तान्न सकिने गरी काट्ने, अब मैदा, अण्डा, कर्नफ्लोर, चिली ससविधि स् , अजिनोमोटो तथा मरिच हालेर राम्रोसँग मोल्ने । यसरी मोलेर राखेको पखेटालाई ३० मिनेटसम्म मेरिनेट हुन दिने । त्यसलाई सुनौलो हुने गरी तातो तेलमा तार्ने र लसुनको सससँग सर्व गर्ने ।

चिकेन टिक्का 

सामग्री : २ सय ५० ग्राम हड्डी नभएको कुखुराको मासु (चौकोर काटेको), एक कप हरियो धनियाँ, एक मुठी पुदिना, चारवटा लसुनका पोटी, तीन ठूलो चम्चा ताजा क्रिम, एक ठूलो चम्चा मैदा, दुई ठूलो चम्चा तेल,नून स्वादअनुसार ।

विधि :  धनियाँ, पुदिना, लसुन र नुन मिसाएर पेस्ट बनाउने, यो मिश्रणलाई कुखुराको मासुमा मोलेर एक घन्टा मेरिनेट गर्ने । क्रिम, मैदा र एक ठूलो चम्चा तेल मिसाएर मेरिनेट गरिएको मासुमा लगाउने र झीरमा उनेर तेल दल्दै कोइलाको रापमा सेक्ने । यसलाई तात्तातै सर्व गर्नुपर्छ ।

होल चिकेन 

सामग्री : ७ सय ५० ग्रामको सिंगै कुखुरा, एउटा कागतीको रस, १४ वटा सुकेको खुर्सानी, दुईवटा हरियो खुर्सानी, चारवटा पेपरकर्न, २५ वटा लसुनका पोटी, एक ठूलो चम्चा अदुवा, तार्नका लागि पर्याप्त तेल ।

विधि : कुखुरालाई राम्रोसँग सफा गरेर पेटमा सानो प्वाल पारी भित्रको सबै निकाल्ने । त्यसपछि नुन र कागती राम्रोसँग दलेर राख्ने । त्यसपछि खुर्सानी, पेपरकर्न तथा अदुवालाई मसिनो गरी पिसेर कुखुराको भित्र र बाहिर लगाएर १० मिनेट जति छोड्ने । त्यसपछि राम्रोसँग तार्ने र सलादसँग सर्व गर्ने ।

दम चिकेन 

सामग्री : एक किलोको एउटा सिँगै कुखुरा (आठ टुक्रा पारेको) १ सय ५० ग्राम मसिनो गरी पिसिएको प्याज, ३० ग्राम लसुन र अदुवाको पेस्ट, १० ग्राम बेसार, ५० ग्राम मसिनो गरी काटिएको हरियो खुर्सानी, १० ग्राम जीरा, १० ग्राम ल्वाङ, १० ग्राम सुकमेल, १० ग्राम तेजपत्ता, २० ग्राम मगज (तरबुजाको बीउ), ३० ग्राम मसिनो गरी काटिएको बदाम (अलमन्ड), ३० ग्राम मसिनो गरी काटिएको काजु, ३ सय ग्राम दही, १५ मिलिलिटर कागतीको रस, तार्नका लागि तेल, नून स्वादअनुसार ।

विधि : कुखुरामा बेसार, लसुन र अदुवाको पेस्ट, खुर्सानी, बदाम, काजु तथा दही मोलेर रातभरि प्रिmजमा राखिदिने । बाक्लो पिँध भएको भाँडामा तेल तताउने र प्याज र अन्य मसलाहरू सुनौलो हुने गरी भुट्ने । मेरिनेट गरेको कुखुरालाई त्यसमा हालेर सानो आँचमा नरम हुने गरी पकाउने ।