काठमाडौं – नेपाल प्रहरीले दशैंको तीन दिन काठमाडौंमा निशुल्क बस सञ्चालन गर्ने भएको छ ।


ADVERTISEMENT


अष्टमी, नवमी र विजया दशमीको दिन दिउँसो ११ देखि ४ बजेसम्म काठमाडौंको तीनवटा रुटमा निशुल्क बस सञ्चालन गर्ने नेपाल प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीको बस पहिलो रुट अन्तर्गत नक्शालबाट छुटेर पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, शहीदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै नक्शालसम्म पुग्नेछ ।

त्यस्तै अर्को रुटमा नक्शालबाट छुटेर मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, शहीदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, वालुवाटार हुँदै नक्शालसम्म पुग्नेछ ।

तेस्रो रुटमा नक्शालबाट सुरु भई जयनेपाल हल, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजुचोक, नयाँ बसपार्क, तिलिंगेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, चाबहिल, गौशाला, रातोपुल हुँदै नक्शालसम्म पुग्नेछ ।