काठमाडौं– जिल्ला वन कार्यालय दोलखाका रेञ्जर कपिल रावल दशैँ मान्न्का लागि घर जान खर्च मागेर फर्किए । अछाम घर भएका रावलले सरकारी जागिर खाए पनि पहिलोपटक घर फर्कनका लागि ऋण खोजेर गाडी भाडा तिरेर घर फर्किएका हुन् ।


ADVERTISEMENT


इलाम घर भएका पशु अस्पतालमा काम गर्ने झलनाथ कोइरालाको अवस्था पनि उस्तै भयो । सरकारी जागिर खाएको पाँच वर्ष अवधिमा पहिलोपटक आर्थिक वर्ष सुरु भएदेखि नै तलब नपाएपछि रित्तो हात लिएर दशैं मनाउन घर फर्किए ।


ADVERTISEMENT

# # #


यी माथिका प्रतिनिध पात्र मात्र हुन्। तीन तहको सरकारमध्ये यस वर्ष प्रदेश तीनका कर्मचारीले दशैँ मनाउन रिक्तो हात घर फर्केका छन् । अन्य प्रदेशमातहतका कर्मचारीको पनि उस्तै हालत रहेको छ ।

प्रदेश सरकार मातहतका डिभिजन वन, खानेपानी, कृषि, भूसंरक्षण, पशु सेवा, सिँचाइ, जिल्ला प्राविधिक कार्यालय, जल उत्पन्न कार्यालयका दोलखामा मात्र २ सय ५० कर्मचारीहरु तलब र दशैं खर्चबिनै, दशैं मनाउन बाध्य भएका हुन् । – आजको कारोबार दैनिकबाट