काठमाडौं – एनआईसी एशिया बैंकको न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाटै खोल्न मिल्ने भएको छ ।


ADVERTISEMENT


बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै खाता खोल्न लाइनमा बसीरहन नपर्ने र अब घरैमा बसी झण्झटरहित तरीका बाट आफ्नो बैंक खाता खोल्न सकिने जनाएको छ ।


ADVERTISEMENT

# # #


अब ग्राहकहरुले अनलाइनबाट ‘न्यू प्रिमियम समुन्नति बचत खाता’ खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधामा २० प्रतिशतको विशेष छुट पाउन सक्नेछन् ।

यस सुविधाबाट देश तथा विदेशमा रहेका ग्राहकहरुलाई बैंकको ‘न्यू प्रिमियम समुन्नति बचत खाता’ खोल्न सहजता होस् भन्ने उद्देश्यले संचालनमा ल्याइएको बैंकले जनाएको छ ।