काठमाडौँ– स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सहभागी हुने बिश्वासका साथ सरकारले मनोनयन दर्ता प्रक्रिया दुई दिन पछि सारेपनि राष्ट्रिय जनता पार्टी नेपालले असार १४ गतेको चुनावमा सहभागी नहुने निर्णय गरेको छ ।


ADVERTISEMENT


राजपासँगको लामो छलफलपछि दुई नम्बर प्रदेशको निर्वाचन असोज २ गतेलाई सारेपनि राजपाले निर्वाचन आफुहरुको सरोकारको बिषय नभएको बताएको हो । सरकारले एउटा प्रदेशको मात्र निर्वाचन सारेर जनस्तरमै बिभाजन ल्याउन खोजेको उसको आरोप छ । राजधानीको विजुलीबजारस्थित पार्टी कार्यालयमा आज बसेको राजपा अध्यक्ष मण्डलको बैठकले यथास्थितिमा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


षडयन्त्र पुर्वक ढङ्गले सरकारले तराईलाई खण्डीत गर्न खोजेको आरोप लगाउदै आफुहरुका माग सम्वोधन नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने निर्णय गरेको अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले जानकारी दिए । आजका लागि पूर्वनिर्धारित मनोनयन दर्ता प्रक्रियालाई लक्षित गरी चार दिने आमहड्ताल आह्वान गरेको राजपाले आन्दोलनका कार्यक्रम समेत लम्ब्याउने निर्णय गरेको छ ।

संशोधित निर्वाचन कार्यतालिकाअनुसार पर्सी आइतबार मनोनयन मिति तोकिएको छ । राजपाको परिमार्जित कार्यक्रमअनुसार, भोली तराइका जिल्लामा लाठी जुलुस प्रदर्शन गर्ने र मनोनयन दर्ता गर्ने दिन पर्सी आइतवार मेचीदेखि महाकालीसम्मका तराईका जिल्लामा बन्द आह्वान गरिएको छ ।

नेता यादवले असार १४ गते सम्मका लागि यसअघि निर्धारित कार्यक्रममा भने कुनै फेरबदल नगरिएको जानकारी दिए ।