–विमलेन्द्र निधि


ADVERTISEMENT


विजया दशमी, तिहार, छठ, नेपाल संवत् लगायत यो बीचमाहिन्दू धर्म मान्नेहरु र हिन्दू धर्म नमान्नेहरुका लागि पनि म शुभकामना दिन चाहन्छु । यी चाडपर्वहरुको मूल मर्म भनेको असत्यमाथि सत्यको विजय हो । अन्यायमाथि न्यायको विजय हो । अपराध र अपराधीहरुलाई नियन्त्रण गर्ने कानुन र व्यवस्था लागू गर्ने विषयसंग सम्मन्धित चाड पर्वहरु हुन् यी ।


ADVERTISEMENT

# # #


विजया दशमीमा जुन उत्सवको लागि यो चाड मनाइन्छ, त्यो भनेको अशूर प्रवृत्तिमाथि सत्य र सुन्दर पक्षको विजय हो । यस अवसरमा नेपाल भित्र रहेका तथा नेपाल बाहिर रहेका सम्पूर्ण दाजुभाई दिदी बहिनी हिमाल, पहाड, तराइ, मधेश, नेपाली कांग्रेस वा हरु दलहरुका सदस्यहरु लगायत सम्पूर्णलाई सुख, शान्ति र समृद्धिको कामना गर्दछु । सबैको शुभ होस् ।

अहिले नेपालमा हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली ल्याएका छौँ । संविधान पनि त्यसैको लागि बनाएका छौँ । नेपालको इतिहासमा सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफैले बनाएको र कार्यान्वयनको चरण पुर्याएको यो पहिलो संविधान हो । त्यस कारण यसको सफल कार्यान्वयनमार्फत राजनीतिक स्थिरता पनि आओस् । प्रगती र विकास पनि होस् । समृद्धि पनि प्राप्त गरुन् । नेपाली कांग्रेसकै चुनावी घोषणा पत्रमा हामीले लेखेका छौँ : ‘शान्ति र संविधानको आभियान पनि हामीले नै नेतृत्व गरेका हौँ, अब समृद्धिको अभियान पनि हामीले नै चाल्नुपर्छ ।’ तर अहिलेको यो सरकारले समृद्धि आफ्नो मात्र नारा बनाएको छ ।

नेपाली कांग्रेस जहिलेदेखि लोकतन्त्रको लागि संघर्ष गरेको छ । नेपाली कांग्रेसले जति गरेको छ आजको दिनमा, अन्य कुनैपनि दलले त्यती गरेको छैन । विकास गर्न बाँकी होला । तर, जे जति भएको छ, नेपाली कांग्रेसकै नीतिका कारण भएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई कार्यान्वयन गर्न खास गरेर संघीय प्रणालीलाई कार्यान्वयन गर्न हामीले निर्माण गरेको सात वटा प्रदेशलाई अझै अधिकार सम्पन्न बनाउन, संगठनात्मक संरचना सहितको प्रदेश बनाउन धेरै काम गर्न बाँकी छ । राजनीतिक रुपमा धेरै कामहरु गर्न बाँकी छ । राजनीतिक जिम्मेवारी र दायित्व सकिसकेको छैन । जबसम्म राजनीतिक काम बाँकी रहन्छ, समृद्धिको अभियान प्रारम्भ गर्न गाह्रो हुन्छ । संविधान बन्यो, अब राजनीतिक एजेण्डा सकियो । अब समृद्धितिर मात्रै जाऔँ भने जसरी प्रचार गरिँदैछ ।

यो नै सबैभन्दा गलत धारणा हो । राजनीति र समृद्धिको एजेण्डा संगसंगै लिएर जान सक्नुपर्दछ । त्यसमा हामी सबै एक जुट भएर अगाडी बढौँ । हामी सबैलाई सफलता मिलोस् । यही नै शुभकामना दिन चाहन्छु ।

(कांग्रेस उपसभापति निधिसंग गरिएको कुराकानीमा आधारित)