राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र आगमनपछि महिलाहरु सशक्त रूपमा अगाडि आएको र पुरुषहरुले यसलाई आफू कम्जोर नठान्न आफूले पटक पटक सहानुभूतिपूर्वक भनेको बताएकी छन्। राष्ट्रपति, सभामुख हुँदै हेर्दै जादा हरेक नगरपालिका या गाउँ पालिकामा महिलाहरू निर्णय क्षमतामा आएकोले देशले बास्तवमै परिवर्तनको अनुभूति गर्न थालेको उनले बताएकी हुन्।


ADVERTISEMENT


‘कहिल्यै नदौडेको मान्छेलाई बैकुण्ठ मानन्धरसँग दौडाए के होलारु शदियौदेखि पुरुषप्रधान हाम्रो मुलुकमा भर्खर महिलाहरू जागेका छन्। अहिले महिलाहरुको आलोचना गर्न हतारिनुपर्ने जस्तो मलाई लाग्दैन,’ उनले भनिन्, ‘बिगतको स्थानीय चुनाबमा जम्मा १३६ सिट जितेका महिलाहरु अहिले एक तिहाइको संवैधानिक प्रावधानबाट चुनिएरै निर्णय प्रक्रियामा आएका छन्।’


ADVERTISEMENT

# # #


नेपाली दूतावास जेनेभा तथा कुटनीतिक नियोगको आयोजनामा जेनेभामा बस्ने नेपालीहरुसँग भेट गर्दै राष्ट्रपति भण्डारीले सो कुरा खुलेरै बताएकी हुन्। उनले चिन्ता पोखिन्, ‘संसारकै उदार मध्ये एक संविधान लेखिएको छ। तर, अर्थतन्त्र बलियो नभई गणतन्त्र बलियो हुँदैन। अब हामी सबै विकासको काममा लाग्नुपर्छ।

राष्ट्रपतिको भनाइ थियो, ‘२०४६ सालमा बहुदल आयो, त्यसपछि गणतन्त्र आयो। सधै ब्यवस्थाको निम्ति मात्रै लडेर देशको प्रगति हुँदैन। गणतन्त्र भन्दा असल ब्यवस्था के होला ररु’

राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठनको विशेष सभामा मन्तब्य दिन आएकी थिइन्। श्रममा महिला र तिनको भविश्यका विषयमा उनको मन्तब्य सहभागी सदस्य देशहरुबाट रूचाइएर निकै बहस भएको श्रम संगठनको केन्द्रिय कार्यालयमा नेपाल बिभाग हेर्दै आएकी वृन्दा पाण्डेले बताइन्। नेपाल आवद्ध भएको ५० वर्ष पछि डेपुटी सदस्य बन्न सफल भएको छ भने अन्तर्राष्ट्रिय विज्ञान अनुसन्धान रहेको संस्था सेर्न सँग नेपालको औपचारिक सम्बन्ध शुरु भएको राजदूत दीपक प्रसाद धितालले बताए।