काठमाडौँ– प्रहरीले काठमाडौंको रातो पुलमा नक्कली नोट बनाउने कारखाना फेला पारेको छ।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरे पछि उनीहरूको रातोपुलमा नक्कली नोट बनाउने कारखाना फेला परेको हो।


ADVERTISEMENT

# # #


उनीहरुले कोठा भाडामा लिएर कारखाना नै खोलेर नक्कली नोट छाप्ने गरेको प्रहरीले जानकारी दिएको छ।  प्रहरीले ३ लाख ७० हजार रुपैयाँको तयारी अवस्थामा रहेको नक्कली नोटसमेत बरामद गरेको छ। ती नोटहरुसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्सा पर्सागढी नगरपालिका ३ घर भई हाल हाल कीर्तिपुर नगरपालिका ३ मच्छे गाउँ बस्ने ईन्द्रबहादुर श्रेष्ठ, गोरखाको शहिद लखन गाँउपालकिा वडा न ८ घर भई हाल मच्छेगाँउ बस्ने नारायण श्रेष्ठ, मकवानपुर हर्नामाडी ९ घर भई हाल मुलपानी बस्ने साहिल थापा मगर, पर्सा विरुवा गुठी ३ घर भई हाल वौद्द जोरपाटी वस्ने राज श्रेष्ठ र काठमाडौ कागेश्वरी मनहरा वडा नं ११ घर भई हाल कुमारी गाल बस्ने वर्ष २९ को विकास दोचे छन् ।

यसअघि शुक्रबार महागनरीय प्रहरी वृत्त, गौशालाले एक हजार दरको २९ वटा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन थिए । उनीहरु चढेको बा ४५ प ८०६६ नम्वरको स्कुटर चेक गर्दा नक्कली नेपाली नोट फेला परेको थियो ।