– सूर्यांशी पाण्डे


ADVERTISEMENT


कुनै एक रेष्टुरेन्टमा चर्चित अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले ‘भेगन थाली’ अर्डर गरेको देख्दा कसैलाई अचम्म नलाग्न सक्छ। किनकी, यो पुरानो भइसक्यो। सेरेनाले गर्भवती भएपछि आफ्नो खानपान परिवर्तन गर्दै भेगन भएकी हुन्।


ADVERTISEMENT

# # #


भेगन हुनुको अर्थ माछा, मासु खान छोड्नु मात्र होइन दूध दही, घ्यू, छाली, पनिरजस्ता दुग्धजन्य पदार्थबाट सेवन नगर्नु हो।

फुटबल खेलाडी लियोनेल मेसीलाई खेल दौरान भेगन आहार ‘मेन्टेन’ गर्न गाह्रो हुनसक्छ। अर्जेन्टिानको राष्ट्रिय टोलीका कप्तानसमेत रहेका उनी अधिकांश समय बार्सिलोनामा बस्छन्।

दक्षिण अमेरिकी मुलुकमा भेगन खानपान एउटा चुनौतीको विषय हो। यद्यपि उनी धेरै समय बार्सिलाना बस्छन्। भेगन जीवनशैलीका उनी पोषण विशेषज्ञको सल्लाहअनुसार परिकार चयन गर्छन्। पछिल्लो समय खेल संसारका विश्वप्रसिद्ध खेलाडीहरु शाकाहारीभन्दा कडा मानिने भेगन बन्ने क्रम बढेको छ। यसै क्रममा अहिले अर्को नाम थपिएको छ- भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली।

भेगन क्लबमा आएका विश्वका चर्चित अनुहारहरु चलचल्तीका लोकप्रिय परिकार छोडेर किन भेगन हुन रूचाइरहेक छन्? यो प्रश्नले दुनियाँभरका मान्छेलाई पछ्याइरहेको छ। मान्छेहरु किन माछामासु खान छोड्दैछन्? दूध दही त्याग्दैछन्?

खेलाडीको खानपानसम्बन्धी विज्ञ दीक्षा छाबडाका अनुसार भेगन दुई तरिकाले अपनाउन सकिन्छ।

पहिलो : फलाहार तथा मध्यम आगोमा पकाइएको सागसब्जीयुक्त खाना अपनाएर।

दोस्रो : गहूँ, मकै, दालजस्ता गेडाडुडी र आभोकाडोसहितको भोजन अंगिकार गरेर।

माथिका यी दुवैको मिश्रित स्वरुपमा पनि भेगन जीवनशैली अपनाउन सकिन्छ।

घाइते अवस्थाबाट मुक्ति पाउन

विज्ञ दीक्षाका अनुसार भेगन आहार लिने खेलाडीको चोट छिटो निको भएकाले पनि खेलाडीहरुमा भेगन आहार लोकप्रिय भइरहेको छ। जब चोट लाग्छ खेलाडीको शरीरको भाग सुनिन्छ। हल्काफुल्का चोट छिटो निको भए पनि गम्भीर किसिमको चोटबाट मुक्ति पाउन गाह्रो पर्न सक्छ।

यस्तो अवस्थामा खेलाडीका लागि एन्टि–अक्सिडेन्ट, भिटामिनयुक्त हरियो सागपात, ब्लुबेरी, ब्लाकबेरी, मौसम, गुलियो कम हुने फलको भोजन जरुरी पर्छ।

यसले शरीर सुनिनबाट जोगाउँछ र शरीरलाई सामान्य अवस्थामा फर्काउन मद्दत पुर्याउँछ। खेलाडीहरुमा भेगन प्रति झुकाब बढ्दै जानुको एउटा कारण यो हो। यसको ठिक विपरित मासु, सोडा, फ्रेन्च फ्राईजस्ता लोकप्रिय खाना शारीरका लागि घातक हुन्छन्।

तौल घटाएर फिट रहन

भेगन खानाका परिकारमा भिटामिनका अतिरिक्त फाइबरको मात्रा पनि धेरै हुन्छ जसले मोटोपना घटाउँछ। मोटो र भद्दा शीररलाई घटाएर आफूलाई फिट रहन यो आहार अचुक मानिएको छ। फाइबरयुक्त खाना कम खाए पनि त्यसले पेटभरिएको महसुस गराइरहन्छ। जसले गर्दा शरीरलाई आवश्यकभन्दा बढी खाना मानिसले खाँदैन।

जनवारबाट उत्पादित वस्तु नखाँदा सबैभन्दा ठूलो खतरा भनेको प्रोटिनको कमी हुने सम्भवाना हो। खेलाडीका लागि प्रोटिन सेवन महत्वपूर्ण विषय हो।

 प्रोटिनको परिपूर्ति कसरी हुन्छ?

न्यूट्रिसिस्ट तथा वेलनेस कोच अवनी कौलकाअनुसार प्रत्येक खेलाडीलाई आफ्नो शरीरअनुसार खान्की जरूरि पर्छ।

जस्तो कि फुटबल, क्रिकेट, बडिबिल्डर, एथ्लेटिक्स खेलाडीका लागि पनि पौष्टिक तत्वको मात्रा फरक भइदिन सक्छ। एउटा बडि बिल्डरका लागि प्रोटिनको आपूर्ति सबैभन्दा जरुरी विषय हो। दौडमा भाग लिने खेलाडीका लागि बलका साथसाथै ऊर्जाको पनि जरुरत पर्दछ। त्यो कार्बोहाइड्रेडयुक्त आहारबाट पूरा हुन्छ। ‘पोषणयुक्त खानाको सन्तुलित पूर्तिका लागि प्रोटिन र कार्बोहाइड्रेडयुक्त खाना जरुरी पर्छ’, कौल भन्छिन्।

भेगन आहार गर्ने मानिसको सुगर लेबल, कोलेस्ट्रोल लेबल कम हुन्छ जसका कारण तपाइँलाई सुगर हुने खतरा कम हुन्छ। तर भेगनको समस्या भनेको जनवारबाट उत्पादित वस्तुबाट पाइने प्रोटिन कसरी परिपूर्ति गर्ने भन्ने हो। बजारमा सजिलै उपलब्ध हुने मासु, दूध, अन्डा तथा माछाबाट प्राप्त हुने पोजेटिभ नाइट्रोजनको कमी पूर्ति गर्नु एउटा भेगनका लागि चुनौतीको विषय हो। यो कमी पूर्तिबारे थाहा हुन जरुरी छ।

कुन खानामा प्रोटिनको मात्रा बढी हुन्छ भनेर भेगनले थाहा पाउनु जरुरी हुन्छ। त्यस्तो वस्तु छानेर आफ्नो आहारमा समावेश गर्नुपर्दछ।

मेसी, सेरेना विलियम्स, विराट कोहलीजस्ता ठूला खेलाडीसँग पोषण विशेषज्ञको टोली नै हुन्छ। तर, सामान्य मान्छेलाई एक सन्तुलित भेगन आहार तयार पार्नु अप्ठ्यारो विषय हुनसक्छ। भेगन आहारमा यदि तपाइँ प्रोटिनको कमी पूरा गर्न चाहनुहुन्छ भने दाल, सिमी, भटमास, फर्सी बियाँ, चना, फूलकोपी आदि सेवन गर्नु राम्रो मानिन्छ।

वातावरणीय क्षति नहोस् भन्ने चिन्ता

हिजोआज खेलाडीहरु वातावरणमा नोक्सान नपुगोस् भनेर पनि भेगन भइरहका छन्।

संयुक्त राष्ट्रसंघको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेशनको रिपोर्टअनुसार शाकाहारी भोजनभन्दा मासु उत्पादनका लागि बढी पर्यावरण नस्ट हुने गरेको छ। यो बाहेक मासु पकाउँदा उत्सर्जन हुने कार्बन फुटप्रिन्टको मात्रा बढ्दै गएको छ। भेगन जीवनशैलीले यसलाई कम गर्न मद्दत पुग्नेछ।

इन्डियन फेडरेसन अफ स्पोर्टस् मेडिसिनका अध्यक्ष डा। पिएसएम चन्द्रम तथा न्युट्रिशनिस्ट हर्षिता दिलावरीको भनाइमा कुनै खेलाडीले भेगन आहार छनौट गर्नु उसको निजी फैसला हो। भेगनबाट जे फाइदा हुने त्यो आमआहारबाट पनि प्राप्त गर्न सकिन्छ। सवाल पौष्टिक र सन्तुलित भोजनको हो।

पोषण विज्ञ हर्षिताका अनुसार भेगन आहारमा फाइटोकेमिकल्स हुन्छ जसले क्यान्सरजस्ता रोग प्रतिरोध गर्ने काम गर्छ। तर भिटामिन बी–१२ जो जनावरबाट उत्पादित वस्तुमा सहजै पाइन्छ।

भेगनका लागि त्यसको पूर्ति जरुरी पर्छ। यसको लागि भेगन आहारमा दलिया, गेडागुडीजन्य वस्तु एवं भटमास खानु अनिवार्य छ। ‘एउटा तन्दुरुस्त खेलाडीको लागि प्रोटिन, कार्बोहाइड्रेड, क्याल्सियम, भिटामिन डी सबैभन्दा बढी जरुरी हुन्छ’, हर्षिता भन्छिन्, ‘त्यो कसरी पूरा गर्ने खेलाडीको आफ्नो रुचिको विषय हो।’– बीबीसी हिन्दी