काठमाडौँ–  दशैँ सकिएसंगै सार्वजनिक भएको पूर्वप्रधानन्याधीश गोपाल प्रसाद पराजुलीको एक तस्बिरले चर्को आलोचना खेपेको छ ।


ADVERTISEMENT


 राष्ट्रपति विद्यादेवी भण्डारीका सामु दशैंको टीका थाप्न दुबै घुँडा टेकेर खडा भएका पूर्व प्रधानन्यायाधीश पराजुलीको यो तस्बिर अहिले सामाजिक सञ्जालमा निकै नै भाइरल भइरहेको छ ।


ADVERTISEMENT

# # #


दशैंमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजना गरिएको टीका ग्रहण कार्यक्रममा थुप्रै नेता, कार्यकर्ता तथा सरकारी अधिकारीहरु उपस्थित भएका थिए । सबैले राष्ट्रपति भण्डारीबाट टीका थापे । तर, पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले जुन किसिमबाट टीका थापे त्यसलाई लिएर अहिले सामाजिक सञ्जालका भित्ताहरुमा विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् ।

जसमा अधिकांशले राष्ट्रपतिका अघि एउटा मुलुकको प्रधानन्यायाधीश जस्तो गरीमामाय पद सम्हालिसकेको व्यक्तिले घुँडा टेक्नुले राजतन्त्र वा सामन्ती शासनको झझल्को दिएको भन्दै आलोचना भइरहेको छ ।

तस्बिरलाई लिएर कसले के भने ? हेर्नुस्

जुगल भुर्तेलको ट्वीटलाई रि–ट्वीट गर्दै पत्रकार विजय कुमार लेख्छन्, ‘यी सज्जनले जे गरे,सो गरे । गोर्कीले भनेका छन ‘घस्रन जन्मेको मान्छे उडन सक्दैन’ । तर सम्माननीय राष्ट्रपतिले पनि यी सज्जनलाइ , यो धनुष्टङकार मुद्रामा नबस्न आदेश हुनु पर्ने थियो। यी सज्जनले राष्ट्रपति पदको मान होइन , नेपाली गणतन्त्रको अपमान गर्दैछन भनेर बुझिनु पर्छ ।’

यस्तै पत्रकार रवी लामिछानेले गणतन्त्रमा पनि रैती नै हुन र बनाउन रुचाउने भन्दै आलोचना गरेका छन् । साथै उनले राष्ट्रपतिको सवारीमा बाटो रोकेर जनतालाई दुःख दिएको भन्दै आफू अब बाटोमा नरोकिने भन्दै चेतावनी दिएका छन् ।


तर, पराजुलीले भने सत्यतथ्य नबुझी यसरी विकृत तबरबाट फोटाहरु राखेर कसैको उपहास गर्नु कानून त अपराध हुने बताएका छन् ।