बलिउड निर्देशक फरहान अख्तरले ‘इन्साइड एज’ नामक वेब सिरीज बनाइरहेका छन्, जुन इन्डियन पि्रमियर लिग (आइपिएल) को पर्दापछाडिका डिलमा आधारित हुने छ । यो वेब सिरिजले अभिनेत्री प्रिटी जिन्टा तनावमा परेकी छिन् ।


ADVERTISEMENT


समाचार अनुसार सिरीजमा ऋचा चड्डाले आइपिएल टिमको मालिकको भूमिका निभाएकी छिन् । लिगका फाउन्डरको भूमिका निभाएका विवेक ओबरायसँग उनको सेक्स सीन रहेको छ । प्रिटीको तनावको कारण यही सेक्स सिन हो ।


ADVERTISEMENT

# # #


बताइएअनुसार सिरीजमा ऋचाले निभाउने भूमिका प्रिटीमाथि आधारित छ । प्रिटी पनि आइपिएल टिमकी मालिक्नी हुन् । फिल्ममा आफ्नो भूमिकालाई सेक्स सिनमा देखाइने भएपछि प्रिटी चिन्तित हुनु स्वभाविकै हो ।

उनले हालै फरहान अख्तरलाई फोन गरेर र्‍याखर्‍याख्ति पारेकी छिन् । उनले सिरीज स्टि्रमिङ हुनुभन्दा अगाडि आफूलाई देखाउनुपर्ने सर्त अघि सारेकी छिन् ।

सिरीजका निर्देशक करण अंशुमानले एउटा न्यूज वेबसाइटलाई भने, ‘हो, फिल्ममा सेक्स सिन छ । तर, यो चरित्र प्रिटी जिन्टामाथि आधारित होइन ।’

उनले अगाडि भने, ‘शिल्पा सेट्टी पनि आइपीएल टिमकी मालिक्नी हुन् । उनीमाथि पनि यो चरित्र जोडीएको छैन । यसमा रहेको चरित्र काल्पनीक हो । कसैको रियल लाइफसँग यसको लेनदेन छैन ।’