इंग्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि चीर परिचित प्रतिद्धन्दी पाकिस्तानसँगको भेट पक्का भएसँगै भारतीय क्रिकेट कप्तान बिराट कोहलीले प्रतियोगितामा पाकिस्तानको प्रदर्शन शानदार रहेको प्रतिक्रिया दिएका छन् ।


ADVERTISEMENT


भारत बिहीबारको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।


ADVERTISEMENT

# # #


प्रतियोगिताको आफ्नो पहिलो खेलमा भारतसँग सजिलै पराजित भएको पाकिस्तानले सेमिफाइनलमा घरेलु टोली इंग्ल्याण्डलाई पराजित गरेको थियो ।

‘उनीहरुले आफूलाई राम्रो ढंगले बदलेका छन् ।’ बिहीबारको खेलपछिको पत्रकार सम्मेलनमा भारतीय कप्तान कोहलीले भने ।

पहिलो खेलमा भारतसँग पराजित भएपनि त्यसपछिका दुई खेलमा शीर्ष बरियाताको दक्षिण अफि्रका र त्यसपछि श्रीलंकालाई हराएको थियो । सेमिफाइनलमा घरेलु टोलीलाई स्तब्ध पार्दै आइतबार हुने फाइनलमा स्थान बनायो ।

‘उनीहरुले तुलनात्मक रुपमा आफूभन्दा बलिया टोलीलाई पराजित गरे । उनीहरुले एक टिम गेम खेले ।’

भारत र पाकिस्तानबीचको फाइनल विश्वमै सबैभन्दा धेरै हेरिने खेलमध्ये एक पर्छ । र यी दुई टोली एकदिवशीय प्रतियोगिताको फाइनलमा पहिहलो पटक खेल्दैछन् ।

‘फाइनलमा तपाईं जोसुकै सँग खेल्नुस्, त्यो जहिले पनि चुनौतिपूर्ण हुन्छ किनभने जव एक पटक तपाई यो ठूलो खेल भन्ने सोच्नुहुन्छ, तपाईको मानसिकता बदलिन्छ ।’ कोहलीले भने ।

बंगलादेशले दिएको २६५ रनको लक्ष्य पछ्याउने क्रममा भारतका रोहित शर्माले अविजित १२३ रनको पारी खेले भने बिराटले ९६ रन बनाए । शिखर धवनले ४६ रन बनाएर आउट भएका थिए ।