काठमाडौँ– नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्‍यान्डी बेरीले ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।


ADVERTISEMENT


बिहीबार राष्ट्रपति भवन शीतल निवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।


ADVERTISEMENT

# # #


राजदूत बेरीले यसअघि पनि नेपालमा काम गरिसकेका छन्। उनी सन् २००७ देखि २००९ सम्म दुई वर्षका लागि अमेरिकी दूतावास काठमाडौँमा डेप्युटी चिफ अफ मिसन (नियोग उप–प्रमुख) को पदमा कार्यरत थिए ।

यसअघि राजदूत एलाइना बी टेप्लीजले आफ्नो चार वर्षे कार्यकाल पूरा गरी फर्किएकी थिइन् ।