काठमाडौँ – पोखरामा आजदेखि सुरु भएको नेपालकै सर्वाधिक राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी – २० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आयोजक शहर पोखरा पल्टनले विराटनगर टाइटान्सलाई १९८ रनको विशाल चुनौति दिएको छ ।


ADVERTISEMENT


पोखरा मैदानमा टस हारेर ब्याटि थालेको पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा १९७ रन बनायो । उसका लागि आशिफ सेखले सर्वाधिक ५२ रन प्रहार गरे । ५४ बलको सामना गरेका उनले ५ चौका र एक छक्का प्रहार गरे । पहिलो विकेट गुमाउँदा पोखराले ६ ओभरमा ५३ रन बनाइसकेको थियो । त्यसका लागि कुशल भुर्तेलले २६ बलमा ३रु८ रन बनाए । जसका लागि उनले ५ चौका र २ छक्का प्रहार गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यसपछि आएका रवी इन्दर सिंहले आक्रामक खेले । सन्दीप लामिछानेको बलमा आउट हुनुअघि उनले २७ बलमा ४४ रन हाने । उनले चार छक्का र २ चौका हानेका थिए । यस्तै विनोद भण्डारीले निकै आक्रामक खेले । उनले मात्र ११ बलमा नटआउट ४१ रनको विशाल पारी खेलेर टिमलाई २ सय रनको नजिक पुर्याए । जसका लागि उनले ५ छक्का र २ चौका ठोकेका थिए ।

यस्तै कप्तान शरद भेषवाकर ४ बलमा एक छक्काको मदतमा ७ रन बनाएर नटआउट रहे ।

यता विराटनरगका लागि कुनै पनि बलरले राम्रो खेल्न सकेनन् । सबैको नजर रहेका युवा स्टार सन्दीप लामिछानेले ४ ओभरमा २६ रन खर्चिएर २ विकेट दिए । यस्तै साहव आलमले एक विकेट लिए ।