काठमाडौँ – पोखरामा आजदेखि सुरु भएको नेपालकै सर्वाधिक राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी – २० क्रिकेट प्रतियोगितामा आयोजक शहर पोखरा पल्टनले विजयी सुरुवात गरेको छ । पोखराले उद्घाटन खेलमा विराटनगर टाइटान्सलाई ५८ रनले हराएको हो ।


ADVERTISEMENT


पोखरा मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा १९७ रन बनायो । १९८ रनको विशाल चुनौति पच्छ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा मात्र  १३९ रन बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


विराटनगरको सुरुवात राम्रो हुन सकेन । १.४ ओभरमा १७८ रनमा पहिलो विकेट गुमाएको विराटनगरको निरन्तर विकेट झरिरह्यो । विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले समान ३०/३० रन बनाए । कप्तान सन्दीप लामिछाने १४ रन मा नटआउट रहे ।  यस्तै एन्द्रिउ सुब्किसन १४ रन बनाए । यस्तै सुनिल धमलाले ११ रन हान्दा जितेन्द्र सिंह ठकुरी र प्रदीप ऐरीले समान १०/१० रन बनाए ।

पोखराका लागि ललित राजवंशीले ३ विकेट लिए । किफयती बलिङ गरेका उनले ४ ओभरमा मात्र १७ रन खर्चिए । यस्तै मेहबुव आलम, कृष्ण कार्की र शरद भेषवाकरले १/१ विकेट लिँदा विक्रम भुषल र कृष्ण कार्कीले पनि १/१ विकेट हात पारे ।

यसअघि पोखराका लागि आशिफ सेखले सर्वाधिक ५२ रन प्रहार गरे । ५४ बलको सामना गरेका उनले ५ चौका र एक छक्का प्रहार गरे । पहिलो विकेट गुमाउँदा पोखराले ६ ओभरमा ५३ रन बनाइसकेको थियो । त्यसका लागि कुशल भुर्तेलले २६ बलमा ३रु८ रन बनाए । जसका लागि उनले ५ चौका र २ छक्का प्रहार गरेका थिए ।

त्यसपछि आएका रवी इन्दर सिंहले आक्रामक खेले । सन्दीप लामिछानेको बलमा आउट हुनुअघि उनले २७ बलमा ४४ रन हाने । उनले चार छक्का र २ चौका हानेका थिए । यस्तै विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरे । उनले मात्र ११ बलमा नटआउट ४१ रनको विशाल पारी खेलेर टिमलाई २ सय रनको नजिक पुर्याए । जसका लागि उनले ५ छक्का र २ चौका ठोकेका थिए ।

यस्तै कप्तान शरद भेषवाकर ४ बलमा एक छक्काको मदतमा ७ रन बनाएर नटआउट रहे ।

यता विराटनरगका लागि कुनै पनि बलरले राम्रो खेल्न सकेनन् । सबैको नजर रहेका युवा स्टार सन्दीप लामिछानेले ४ ओभरमा २६ रन खर्चिएर २ विकेट दिए । यस्तै साहव आलमले एक विकेट लिए ।