उर्लाबारी– मोरङको उर्लाबारी नगरपालिका–८ स्थित उर्लाबारी– इटहरा सडकखण्डमा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


आज बिहान १०ः१० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को३५प ९७७३ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका चालक २७ वर्षीय शैलेश गौतमको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा गम्भीर घाइते भएका गौतमको स्थानीय अरनिको अस्पतालमा उपचारका क्रममा १०ः३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए।