काठमाडौं– चालू आर्थिक वर्ष पाँच अर्ब ७० करोड ५६ लाख ७० करोड ५६ लाख मूल्यको साधारण सेयर (आईपीओ) आउने भएको छ । २५ वटा कम्पनीले सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।


ADVERTISEMENT


आईपीओ निष्कासनको तयारीमा रहेकामध्ये १८ जलविद्युत्, पाँच माइक्रोफाइनान्स, एक इन्भेष्टमेन्ट कम्पनी र एक मर्चेन्ट बैंक छन् । यी कम्पनीले चालू आर्थिक वर्षमा पाँच करोड ७० लाख ५६ हजार कित्ता सेयर निष्कासन गर्न लागेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बोर्डका अनुसार मध्य भोटेकोशी जलविद्युत कम्पनीले एक अर्ब ४४ कारोड मूल्य बराबरको एक करोड ४४ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । सीईडीबी हाइड्रो फन्ट लगानी कम्पनीले २२ करोड ८९ लाख मूल्य बराबरको सेयर निष्कासन गर्नेछ । – आजको अन्नपूर्ण पोस्टबाट