रुकुम– गृहमन्त्री जनार्दन शर्माले करिब २० वर्षपछि हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपले सफल पार्न सरकारले सबै सुरक्षा रणनीति अपनाउने बताएका छन् ।


ADVERTISEMENT


आज बिहान मुसीकोटमा भएको पत्रकार सम्मेलनमा मन्त्री शर्माले निर्वाचन असफल बनाउन केही तत्व लागे पनि उनीहरु असफल भएको बताए । लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैलाई सहभागी गराउनका लागि २ नं प्रदेशमा केही समय निर्वाचनको मिति सारिएको गृहमन्त्री शर्माको भनाइ छ ।


ADVERTISEMENT

# # #


स्थानीय ऐन संशोधनपछि त्यसलाई कार्यान्वयन गर्न लागि केही समय चाहिने र वर्षाको सुरुआत भएका कारण असोज २ गते सरकारले त्यस प्रदेशमा निर्वाचन सफल बनाउने बताए । “ऐन संशोधन भएपछि राष्ट्रिय जनता पार्टीले पनि निर्वाचनमा सहभागी हुन सहज हुने छ” मन्त्री शर्माले भने, “आज उम्मेदवारी दर्ता हुने स्थानमा राजपाले उम्मेदवारी दिने मैले विश्वास लिएको छु ।”

साथै गृहमन्त्री शर्माले पहिलो चरणजस्तै दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण र भयरहित हुनेमा कुनै शंका नगर्न आग्रह गरे। दोस्रो चरणमा निर्वाचन हुने सबै प्रदेशका मतदान स्थल र मतदान केन्द्रहरुको सुरक्षामा कुनै कसर बाँकी नराख्ने उनले बताए । ढुक्क भएर भयरहित वातारणमा मतदान गर्नका लागि तयार रहन मन्त्री शर्माले सर्वसाधारणलाई आग्रह समेत गरे ।