काठमाडौँ– राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय कोषाध्यक्ष अनिता यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ नेकपा एमालेमा प्रवेश गरेका छन्।
आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल लगायतले टिका लगाएर पार्टी प्रवेश गराए। यादवको प्रवेशमा एमालेविरुद्ध तराई मधेसमा फैलाइएको भ्रमको जवाफ दिएको ओलीले बताए ।


ADVERTISEMENT


बिभिन्न मधेशवादी दल एक भएर बनेको राजपा नेपाल गठन भएपछि मधेशको अधिकार र पहिचानको मुद्दा विर्सेर अन्य खेलमा लागेको नेतृ अनिता यादवको आरोप छ ।


ADVERTISEMENT

# # #


तमलोपाका संस्थापक कृष्णदेव यादवकी श्रीमतीसमेत रहेकी यादव पूर्व राष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादवसँग धनुषा क्षेत्र नं. ५ बाट दोस्रो सविधानसभा चुनाव लडेकी थिइन्।

लामो समयपछि हुन लागेको स्थानीय चुनावमा राजपा नेपाल भाग नलिएर मधेशी जनताको अधिकार खोसेको उनको आरोप छ । केन्द्रीय सदस्य राजेश्वर महासेठ पनि मधेशमा राम्रो पकड बनाएका नेताका रुपमा परिचित छन्। धनुषा क्षेत्र नंम्वर ७ वाट संविधानसभामा उम्मेदवार बनेर पराजित भएका थिए।