काठमाडौं– आगामी वर्ष वेल्स र इंल्याण्डमा हुने एक दिवसीय विश्वकप क्रिकेट ट्रफी शनिबार पर्यटकीय सहर पोखरा आइपुगेको छ ।


ADVERTISEMENT


ट्रफीलाई पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिगमा सार्वजनि प्रदर्शनीमा राखिएको हो ।


ADVERTISEMENT

# # #


नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले उक्त ट्रफीको प्रदर्शनीमा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए । ट्रफीलाई ‘विश्व टुर’ अन्तर्गत शुक्रबार नेपाल ल्याइएको ट्रफीलाई साँझ काठमाडौंको स्वयम्भुमा प्रदर्शन गरिएको थियो ।

चार दिनसम्म नेपालमा रहने कार्यक्रम अनुसार ट्रफीलाई आज काठमाडौंको चन्द्रागिरि र वसन्तपुर दरबार स्क्वायरमा राखिनेछ ।