एजेन्सी– कमेडी किंग कपिल शर्मा एक पल्ट फेरी ‘द कपिल शर्मा शो’ को नयाँ सिजन लिएर कमब्याक गर्दैछन् । एक भारतीय वेभसाइट ‘जी न्यूज’का अनुसार, कपिलसंगै उक्त शो मा कमेडीयन भारती सिंह र कृष्णा अभिषेक देखिने सम्भावना प्रबल रहेको छ ।


ADVERTISEMENT


जानकारी अनुसार, कपिल शर्मा शो २५ नोभेम्बरबाट सोनी च्यानलद्वारा दर्शक माझ आउँदै छ । केही कारणबस यो दिन शो सुचारू हुन सकेन भने ११ डिसेम्बर देखि प्रसारण शुरू हुने पक्का भएको छ ।


ADVERTISEMENT

# # #


कपिल शर्माले ट्वीट गरेर आफू कमब्याक हुन लागेको जानकारी गराएका हुन् । उनले लेखेका छन्– ‘द कपिल शर्मा शो लिएर छिट्टै आउँदैछु मात्र सोनी टिभिमा’ । उनको उक्त ट्वीटमा भारती शर्माले लेखेकी छिन्, ‘आउ,आउ चाँडै आउ’ ।

यो खबरले कपिलका फ्यानहरूमा खुसी छाएको छ ।