हिलिहाङ, पाँचथर– जिल्ला स्वास्थ्य कार्यालयको पुनः स्थापना गरिएको छ । सङ्घीय संरचनाअनुरुप जिल्ला जनस्वास्थ्य कार्यालय हटेपछि तीन जिल्ला हेर्ने गरी जिल्ला स्वास्थ्य कार्यालय पुनः स्थापना गरिएको हो ।


ADVERTISEMENT


आज फिदिममा एक कार्यक्रमबीच प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङले उक्त कार्यालयको उद्घाटन गरे । उनले स्वास्थ्य कार्यालय सञ्चालनपछि तीन जिल्लाका बासिन्दालाई सहज हुने बताए ।


ADVERTISEMENT

# # #


जिल्ला समन्वय समिति संयोजक विष्णुप्रसाद सापकोटाले कर्मचारी र औषधिको अभाव तथा भौतिक पूर्वाधार निर्माण गर्न सके मात्रै स्वास्थ्य क्षेत्रका समस्या पूरा हुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जिल्ला स्वास्थ्य कार्यालयले गर्ने काममा जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने बताए ।

स्वास्थ्य निर्देशनालय विराटनगरका प्रमुख भूपेन्द्रराज डोटेलले रोग निन्त्रण तथा स्थानीय तह र प्रदेशसित समन्वय गरेर काम गर्न कार्यालय स्थापना गरिएको बताए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंले पाँचथर, ताप्लेजुङ र इलामलाई हेर्ने गरी सो कार्यालय स्थापना गरिएको जानकारी दिए ।