काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको विषयमा भ्रामक समाचार लेखेर प्रकाशन गर्ने एकजना पक्राउ परेका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गरेको भन्दै महानगरीय अपराध महाशाखाको टोलीले स्याङजा घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई मंगलबार पक्राउ गरेको हो ।


ADVERTISEMENT


मानन्धरलाई पक्राउ गरी विद्युतीय अपराध तथा कसुर अन्तर्गत कारबाही हुने जनाएको छ । त्यस्तै महाशाखाले यसप्रकारका समाचार सम्प्रेषण नगर्न पनि आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल र केही डिजिटल मिडियाबाट आफ्नो स्वास्थ्य अवस्थाका बारेमा आधारहीन प्रचार भएकोप्रति मंगलबार साँझ अस्पतालबाटै सन्देश सार्वजनिक गर्दै आपत्ति जनाएका थिए।