काठमाडौँ– पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा एक्सपर्ट धनगढी ब्लुजले सनसनीपूर्ण जित हात पारेको छ । कप्तान दीपेन्द्र सिंह ऐरीले अन्तिममा जादु देखाएपछि धनगढीले पोखरा पल्टनलाई दुई विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १४४ रन बनायो । १५४ रनको लक्ष्य पच्छ्याएको धनगढीले १९.५ ओभरमा ८ विकेट गुमाउँदै १४८ रन जोड्यो ।


ADVERTISEMENT

# # #


धनगढीको सुरुवात राम्रो हुन सकेन । धनगढीले १३ रन जोड्दा पहिलो विकेटकको रुपमा दीलिप नाथ ४ रनमा आउट भएका थिए । धनगढीका लागि डेभिड ट्रेगोले सर्वाधिक ५३ रन बनाए । उनले ३४ बलमा ५ चौका र चार छक्का प्रहार गरे । यस्तै सुभेन्दु पाण्डले २२ रन जोडे ।

धनगढीको जितका लागि कप्तान दीपेन्द्र सिंह ऐरी नायक बने । उनले अन्तिममा आक्रामक इनिङ खेले । माद्द २६ बलमा ४ छक्का र ४ चौकाको मदतमा ४९ रन जोडे । अन्तिम दुई ओभरमा २७ रन चाहिएको थियो । तर धनगढीको हातमा मात्र दुई विकेट बाँकी थियो । क्रिजमा थिए कप्तान दीपेन्द्र सिंह ऐरी र बलिङमा थिए पोखराका बलर मोहम्मद नाभिद ।

तर यस ओभरमा दीपेन्द्रले दुई छक्का हाने । र अन्तिम बलमा एक रन लिएर स्ट्राइक आफ्नो हातमा राखे । अन्तिम ओभरमा मेहबुब आलमलाई दुई चौका र एक छक्काको मदतमा १४ रन जोडेर टिमलाई जिताए ।

पोखराका लागि राशिद खानले चार विकेट लिए । ४ ओभरमा उनले २४ रन मात्र दिए । यस्तै ललित नारायण राजवंशी र विक्रम भुषालले समान २/२ विकेट लिए ।

यसअघि २० ओभर पूरा खेलेको पोखरा पल्टनले ८ विकेट गुमाएर १४४ रन बनाउने क्रममा रोहित कुुमार पौडेलले सर्वाधिक ३१ रन बनाउने क्रममा ४ चौका र १ छक्का प्रहार गरेका थिए । ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल १ रनमा आउट भएपछि तेस्रो स्थामा मैदान छिरेका रवि इन्दर सिंह छोटो योगफलमा पवेलियन फर्किए ।

पोखराका लागि २८ रन बनाएर खेलिरहेका रविइन्दर सिंहको महत्वपूर्ण विकेट धनगढीका कमलसिंह ऐरीले लिएपछि पोखरालाई दबाब बढेको थियो । चौथो स्थानमा मैदान छिरेका मेहबुव आलम रन खाता खोल्न नपाउँदै पवेलियन फर्किए ।

चौथो विकटका रुपमा पोखराका टिकेर खेलिरहेका ओपनिङ ब्याट्सम्यान आसिफ शेख २३ रन बनाए आउट भएपछि दबाबमा देखिएको पोखराका कप्तान शरद भेषवाकरले रोविन क्षेत्रीकोबलमा प्रहार गरेको सर्ट सन्दीप जोराले क्याच गरेपछि १४ रनमा पवेलियन फर्किए । त्यस्तै, राशिद खानले १५ रज बनाए भने मोहमद नाभेद ११ रनमा आउट भए ।

पोखरालाई १४४ रनको सामान्य योगफलमा रोक्न धनगढीका पेश बलर कमलसिंह ऐरीले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभर पुरा बलिङ गर्दे १ ओभर मेडन राख्दै २३ रन खर्चेर ४ विकेट लिए । अर्का बलर पिटर ट्रगोले ४ ओभर बलिङ गर्दै ११ रन खर्चेर १ विकेट लिएका थिए भने रोविन क्षेत्री, पिटर ट्रेगो, ड्यानीयल लरेन्सले समान १/१ विकेट लिए ।