काठमाडौं – काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र ललितपुरस्थित साँघामा अवस्थित समय रेष्टुरेन्ट तथा बारवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले उक्त रेष्टुरेन्टमा उपलब्ध खानाका परिकार र पेय पदार्थमा १० प्रतिशत विशेष पाउने छन् ।


ADVERTISEMENT


सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र समय रेष्टुरेन्ट तथा बारको तर्फबाट अपरेशन इन्चार्ज प्रशन्न अधिकारीले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


समय रेष्टुरेन्ट तथा बारका सबै आउटलेटमा यो सम्झौता लागु हुनेछ । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ । यो सम्झौता यहि मिति २०७५ साल कात्तिक १५ गतेदेखि एक वर्षसम्म लागु हुने कम्पनीले जनाएको छ ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।