बझाङ– युवा तथा खेलकूदमन्त्री जगत् विश्वकर्माले खेलको माध्यामबाट देशको विकास समृद्धी र सुशासनको लक्ष्य हासिल गर्न सकिने बताएका छन् । ‘पर्यटन प्रर्वद्धनका लागि खेलकुद’ भन्ने नाराका साथ सुदूर पश्चिमशको विकट पहाडी जिल्ला बझाङको बुङगल नगरपालिकामा बुङगल क्रिकेट एसोसिएनद्धारा आयोजित विसिए क्रिकेट कपको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT


पछिल्लो समयमा सुगमदेखि दुर्गम सबै क्षेत्रका युवाहरुमा क्रिकेटप्रतिको मोह बढ्दै गएको स्मरण गर्दै उनले नेपाली खेलाडीहरूले क्रिकेटको माध्यमबाट छोटो समयमै ‘एक दिवसिय’ अन्तर्राष्ट्रिय मान्यता पाएर नेपालीहरूको स्वाभिमानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गरेको बताएका छन् ।


ADVERTISEMENT

# # #


खेलकुदका विभिन्न संरचना निमार्णका लागी स्थानीय सरकारले ध्यान दिनु पर्ने र आवश्यक परेको खण्डमा प्रदेश र केन्द्र सरकार सहयोगका लागी तत्पर रहेको समेत स्मरण गरेका छन् । बझाङ एक विकट जिल्लाको रूपमा चिनिएको भए पनि बझाङगी युवाहरूको क्रिकेट प्रतिको मोह देख्दा खुसी लागेको बताउददै मन्त्री विश्वकर्माले सुशासन, समृद्धि, सुखी नेपाली र समृद्ध नेपाल बनाउने महाअभियानमा वर्तमान सरकार दृढ सङ्कल्पका साथ लागी रहेको बताएका छन् ।

विगतका बर्षझै यस वर्ष पनि बडादशैं तथा दीपावलीको अवसरमा बझाङकै सर्वाधिक धनराशिको खुला क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको हो । पर्याप्त भौतिक पूर्वाधारको अभाव विना पनि युवाहरूको क्रिकेट प्रतिको मोह बढेको देख्दा प्रतियोगिता संचालनगर्नु परेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेताले रु एक लाख ५० हजार रुपैयाँ नगद सहित कप र प्रमाणपत्र र उपविजेताले ६० हजार नगद, कप र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा ‘म्यान अफ दि टुर्नामेण्ट’लाई २० हजार रुपैयाँ नगदका साथै कप र प्रमाणपत्र, उत्कृष्ट ब्याट्सम्यानलाई ५ हजार नगद, उत्कृष्ट बलरलाई ५ हजार नगद तथा अनुशासित टिमलाई ८ हजार ५ सय रुपैयाँ नगद प्रदान गरिने भएको छ ।