काठमाडौँ– पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा पारस खड्काको टिम चितवन राइनोजले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको कामाठौँ रोयल्सलाई ६ विकेटले हराउँदै फाइनल प्रवेश गरेको छ ।


ADVERTISEMENT


पोखरा रंगशालामा टस जितेर ब्याटिङ थालेको काठमाडौँ रोयल्सले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्रै बनायो । ९५ रनको झिनो लक्ष्य पच्छ्याएको चितवनले पनि जित हासिल गर्न १९ औँ ओभरसम्म खेल्नु पर्यो । चितवनले १८.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।


ADVERTISEMENT

# # #


चितवनका लागि स्मित पटेलले ३८ र हरिशंकर शाहले २६ रन हान्दा आरिफ शेख २० रनमा नटआट रहे भने कप्तान पारस खड्का २ तथा अनिल कुमार शाह १ रन बनाएर आउट भए । यस्तै सन्नी पटेलले ६ रन हाने ।

यता काठमाडौँका लागि सुसन भारीले तीन विकेट लिए भने पवन सर्राफका नाममा १ विकेट रह्यो ।

यसअघि काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा २ चौका प्रहार गरे । यस्तै यस्तै जय किशन कोल्सावालले २५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

काठमाडौँको इनिङ ध्वस्त पाने क्रममा सन्नी पटेलले ३ विकेट लिए । चार ओभरमा उनले जम्मा ९ रनमात्र खर्चिए । अमित श्रेष्ठ, गौरव तोमार र पवन सर्राफलाई दोहोरो अंक छुनत नदिई पवेलियनको बाटो देखाए ।

यस्तै करण केसी र स्मित पटेलले समान २/२ विकेट लिँदा कप्तान पारसले एक विकेट हात पारे ।

अब प्रतियोगिताको उपाधिका लागि फाइनलमा शरद भेषवाकरको पोखरा पल्टन र चितवन राइनोज मंगलबार भिड्नेछन् ।