काठमाडौ– मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । आइतबार दिउँसो १ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा उनको निधन भएको हो ।


ADVERTISEMENT


अस्पताल परिसरमा रहेका लेखक दिलनिशानी मगरले तुलाधरको निधन भएको डाक्टरहरूले जनाएको बताए । तुलाधरलाई अकास्मात हृदयघात भएपछि केही दिन अघि अस्पताल पुराइएको थियो ।


ADVERTISEMENT

# # #


तुलाधरका पारिवारिक सदस्य गौरी प्रधानले पनि निधनको पुष्टी गरे । अस्पतालले १ बजे भने पनि तुलाधरको निधन पौने १ बजे भएको अनुमान आफुहरुले गरेको उनले बताए ।