काबुल– अफगानिस्तानमा भएको पछिल्लो घटनामा परी कम्तीमा १८ जना लडाकू मारिएका छन् । पूर्वी प्रान्त नान्गरहरमा भएको घटनामा परी मारिनेमा सबैजना इस्लामिक स्टेट (आइएस)का लडाकूहरु भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।


ADVERTISEMENT


अफगान रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “अफगान सेनाले चलाएको हवाई आक्रमणमा परी नाज्यान जिल्लामा शनिबार उनीहरुको मृत्यु भएको हो ।”


ADVERTISEMENT

# # #


विज्ञप्तीमा घटनाका बारेमा विस्तृत विवरण दिइएको छैन । घटनामा सर्वसाधारण पनि मारिएको वा धनमालको नोक्सानी भएको बारे कुनै जानकारी प्राप्त भएको छैन । घटनाका बारेमा आइएसले कुनै प्रतिक्रिया जनाएको छैन ।

पहाडी क्षेत्रमा पर्ने सो स्थान राजधानी काबुलदेखि १२० किलोमिटर पूर्वमा पर्दछ । त्यस क्षेत्रमा आइएस लडाकूहरु र सुरक्षाकर्मीबीच बेलाबेलामा भइरहने भिडन्तका कारण हजारौं स्थानीयबासी पलायन हुन बाध्य भएका छन् ।