काठमाडौँ– यमपञ्चकको दोस्रो दिन मंगलबार कुकुर तिहार कुकुरको पूजा गरी मनाइएको छ।


ADVERTISEMENT


हिन्दु परम्परा अनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ। मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहेको छ।


ADVERTISEMENT

# # #


यसैबीच कुकुर तिहारकै अवसरमा नेपाल प्रहरीले केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रका कुकुरको विशेष रूपमा पूजा गरेको छ। नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरूको पूजा गरेको छ।

प्रहरी तालिम केन्द्रकी निर्देशक एसएसपी देउती गुरुङले अरु दिन नियमित काम र अभ्यास गर्ने कुकुर तिहारको एक दिन विशेष पूजा गरिने बताइन्। उनले प्रहरीको अनुसन्धान लगायतका काममा सहयोग गर्ने कुकुरलाई पनि कर्मचारी सरह व्यवहार गरेर सरकारले कुकुर पालेको जानकारी दिइन्।

राजधानी तथा देशका विभिन्न ठाउँमा कुकुर तिहार भव्यताका साथ मनाइएको छ।