काठमाडौँ- आयोजक रुसले अन्तरमहादेशीय कपमा शनिबार विजयी सुरुआत गरेको छ । फेडोर स्मोलोभको दोस्रो हाफको गोलले प्रतियोगिताको उद्घाटन खेलमा रुसलाई न्युजिल्यान्डमाथि जित दिलाएको हो ।


ADVERTISEMENT


समूह ‘ए’ को खेलमा रुस पहिलो हाफमै अग्रता लिन पुगेको हो । उक्त गोल न्युजिल्यान्डका रक्षक माइकल बोक्सलको नाममा आत्मघाती दर्ज भयो । गत सिजनमा रसियन  लिगको सर्वाधिक गोलकर्ता स्मोलोभले ६९ औं मिनेटमा गोल थपी जित सुनिश्चित गरेका हुन् ।


ADVERTISEMENT

# # #