पाँचथर– नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले अब हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् ।

पाँचथरको फिदिममा आज बिहान कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । पहिलो चरणको स्थानीय तहको निर्वाचनको जस्तो केन्द्रबाटै निर्देशन दिएर तालमेल नगरेको र उम्मेदवार छनोट पनि क्षमता, योग्यता र पार्टीलाई योगदान दिएका व्यक्तिलाई दिएको हुँदा अब पहिलो पार्टी बन्ने उनको भनाइ थियो ।


ADVERTISEMENT


# #


यस्तै, उनले नेकपा (एमाले)का अध्यक्षले अहिले पनि आफू राष्ट्रवादी भन्दै जनतालाई भूलभूलैयामा राखेको बताए ।

सत्ता बाहिर हुँदा हिमाल पहाडमा छुट्टै राष्ट्रवाद र मधेसमा उग्र राष्ट्रवादको अफवाह फैलाएर मुलुकलाई बर्बाद गर्न नहुने उनको भनाइ थियो ।

प्रतिकृया

प्रतिकृया