काठमाडौं– लोकप्रिय अभिनेता तथा नेपाली फिल्म उद्योगका प्रखर जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का कोकाकोलासंगको सहकार्यमा रहेका छन् ।


ADVERTISEMENT


उनीहरु काठमाडौँको विभिन्न मल्स र सुपरमार्केटहरूमा गएर आफ्नो प्रसंशकहरुलाई कोका–कोला बाँडिरहेका छन् र सबैलाई आफ्नो भावनाहरु प्रियजनसंग बाँड्नका लागि प्रोत्साहन गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


पहिलो दिन, उनीहरु लबीम मलको भ्रमण गरेका थिए । यस्तै स्वस्तिमा खड्काले केएल टवरको भ्रमण गरिन् र आफ्ना प्रशंसकहरूलाई व्यक्तिगत सन्देशद्वारा धन्यवाद दिएकी थिइन् ।

दशैं र तिहारको महोत्सवको अवधिभर, कोका–कोलाले आफ्ना मनपर्नेहरुका साथमा भावना बाँड्न उत्साहित गर्नका लागि अभियानको रुपमा हालै १६ विशेष संदेश लेखिएको कोका–कोला बोतल सार्वजनिक गरेको थियो । कोका–कोलाको विशेष संदेश लेखिएको बोतलका साथमा खुशीयाली बाँड्न चर्चित अभिनेता र अभिनेत्री निश्चल बस्नेत र स्वस्तिमा खड्काले विभिन्न स्थानहरुमा भ्रमण गरेर आफ्ना भावनाहरु तथा दशैंको शुभकामना आफ्ना प्रशंसकहरु तथा उनलाई मनपराउने हरेक मानिसहरुसँग आदान प्रदान गरेका छन् ।

कोका–कोला नेपालका देशीय निर्देशक अम्बुज सिंहले भने, “आफ्ना भावनाहरु साटिन तथा एक आपसमा जोडिनका लागि दशैं र तिहार भन्दा ठुलो अर्को अवसर नहुने बताए । उनले चाडपर्वमा कोक बाँड्दै तथा आफ्ना मनपर्नेहरुका साथमा सम्बन्ध बनाउँदै अगाडी बढिरहन शुभकामना दिए ।