काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आफ्ना जापानी समकक्षी तारो कोनोको निमन्त्रणामा जापानको पाँच दिवसीय भ्रमणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्सिर १ गते त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।


ADVERTISEMENT


जापानबाट स्वदेश फर्कनेक्रममा उनले मङ्सिर ६ र ७ गते थाइल्याण्डको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी सरस्वती ज्ञवाली रहनेछन् । उक्त मन्त्रालयका अनुसार मङ्सिर ३ गते नेपाल र जापानबीच मन्त्रीद्वयको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा जापान सरकारबाट नेपाललाई प्राप्त हुने खाद्य सहायतासम्बन्धी हस्ताक्षर समारोह हुनेछ ।


ADVERTISEMENT

# # #


मन्त्री ज्ञवालीले जापानका कृषि तथा वनमन्त्री ताकामोरी योसिकावाका साथै अन्य राजनीतिक नेतृत्वसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाल लगानी कार्यशालालाई उहाँले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुनेछ भने जापानमा रहेका नेपालीसँग छलफल गर्नेछन् ।मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, अर्थ र परराष्ट्र मन्त्रालय तथा लगानी बोर्डका उच्च अधिकारी रहेका छनु् ।

मन्त्री ज्ञवाली मङ्सिर ७ गते शुक्रबार स्वदेश फर्किनेछन् ।