काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने युएईमा जारी टी–१० क्रिकेट लिगमा उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिन सफल भएका छन् ।


ADVERTISEMENT


केरला किंग्समा अनुबन्धित हुँदै टी–१० क्रिकेट लिग खेलेका सन्दीपले पहिलो खेलमा नै उत्कृष्ट बलिङ गर्दै सकैको ध्यान तान्न सफल भएका हुन् । सन्दीपले टिम पख्तुनविरुद्ध आफ्नो टिम केरला किंग्सलाई ८ विकेटले समेत विजयी गराए ।


ADVERTISEMENT

# # #


सन्दीपले दुई ओभर बलिङ गर्दै १७ रन खर्चेर तीन विकेट लिएका थिए । सन्दीपका धारिलो बलिङमा पख्तुनले १० ओभरमा पाँच विकेटको क्षतिमा १०९ रन बनाएको थियो । पख्तुनको लागि आन्द्रे फ्लेचर ३२, क्यामरुन डेलपोर्टले अविजित २८ र लियाम डवसनले २५ रन बनाएका थिए ।

११० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको केरलाले ७.५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । केरलाका लागि कप्तान इयान मोर्गनले अविजित ४६, पाउल स्ट्रलिङले ४०, क्रिस गेलले १३ र केइरन पोलार्डले अविजित ११ रन बनाए ।