काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार उपाधि दावेदार मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुदैंछ ।


ADVERTISEMENT


जारी लिगमा पहिलो पटक आमनेसामने हुन लागेका मनाङ र थ्रीस्टार दुबैको समान अंक भएपछि गोल अन्तरका आधारमा थ्रीस्टार शीर्ष र मनाङ दोस्रो स्थानमा छ । दुवैकालागि तीन अंक महत्वपूर्ण रहनेछ । एकअर्का बीचको प्रतिस्पर्धालाई लिएर दुबै टिमका खेलाडी उत्साहित छन् ।


ADVERTISEMENT

# # #


नेपाली फुटलका चीर प्रतिद्धन्दी मनाङ र थ्रीस्टार बीचको खेल, खेलाडीका लागिमात्रै होइन समर्थककालागि उत्तिकै बहुप्रतिक्षित छ । दुवैले लिगमा राम्रो सुरुवात गरेका छन् ।

मनाङले आफ्नो पहिलो खेलमा ब्रिगेड ब्वाइजलाई तीन एक र दोस्रो खेलमा न्यूरोड टिम एनआरटी लाई दुई शून्यले पराजित गरेको थियो । थ्रीस्टारले पनिदुवै खेलजितेको छ । फ्रेन्डस क्लबमाथि दुई एकको जित हात पारेको उसले ब्रिगेड ब्वाइजलाई पाँचएकको फराकिलो अन्तरले हराएको थियो ।

थ्रीस्टारका कप्तान विक्रम लामा नौ महिनापछि मैदान फर्किदा मनाङ भने चोटग्रस्त खेलाडीका कारण दवावमा छ । सुजलश्रेष्ठ र प्रकाश बुढाथोकी हात भाचिएपछि लामो समयको आराममा छन भने आफिज आलावाले र कमल श्रेष्ठको दोहारो पंहेलो कार्ड छ ।

यो खेल अनिल गुरुङका कारण पनि अझ बढी रोमाञ्चक बन्नेछ । १३ वर्ष मनाङमा बिताएर यसै सिजन थ्रीस्टार आएका अनिल पहिलो पटक पूर्व क्लबविरुद्ध उत्रदैछन् ।

यी दुई क्लब लिग र राष्ट्रिय लिगमा गरी १८ पटक आमने सामने भएका छन् । जसमा दुवैले समान ६–६ पटक जित्दा ६ खेल बराबरीमा सकिएको थियो । खेल सातदोबाटो स्थित एन्फाकम्प्लेक्समा बिहीबार दिउसो साढे दुइ बजे हुनेछ ।

यस्तो छ हेड टु हेड

२०६० पछि लिगमा कुल १५ पटक
वर्ष स्कोर
२०४६ मनाङ २–० थ्रीस्टार
२०५४ मनाङ १–१ थ्रीस्टार
२०५७ मनाङ २–० थ्रीस्टार
०६० मनाङ १–० थ्री स्टार
०६१ मनाङ १–१ थ्री स्टार
मनाङ २–२ थ्री स्टार
०६२ मनाङ १–१ थ्री स्टार
मनाङ १–० थ्री स्टार

०६३ मनाङ ३–० थ्री स्टार
मनाङ १–२ थ्री स्टार

०६६/६७ मनाङ १–० थ्री स्टार

मनाङ ०–३ थ्री स्टार
०६८ मनाङ ०–१ थ्री स्टार

०६८ को राष्ट्रिय लिग मनाङ १–१ थ्रीस्टार

२०६९ मनाङ ०–१ थ्रीस्टार
मनाङ १–१ थ्रीस्टार

२०७० थ्रीस्टार १–० मनाङ

सुपर लिगमा थ्रिस्टार २–१ मनाङ