काठमाडौं । यूएईमा जारी टी–१० क्रिकेटमा नेपाली युवा बलर सन्दीप लामिछानेले दोस्रो खेलमा १ विकेट लिएका छन् ।


ADVERTISEMENT


पहिला ब्याटिङ गरेको सन्दीपको टिम केरला किंग्सले निर्धारित १० ओभरमा १०३ रन बनाएको थियो । १०४ रनको लक्ष्य लिएर मैदान आएको सिन्धले लगातार आक्रामक ब्याटिङ गरिरहेका बेला सन्दीपले केरलालाई पहिलो सफलता दिलाएका हुन् ।


ADVERTISEMENT

# # #


चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले सुरुमा १० रन दिएका थिए । दोस्रो तथा आफ्नो अन्तिम ओभरमा भने उनले १ विकेट लिन सफल भए । उनले अन्तिम ओभरमा थप ४ रन खर्चदैं १ विकेट लिन सफल भए ।

सन्दीपले ४९ रन बनाएर क्रिजमा रहेका एन्टोन डेभिचलाई आउट गरेका थिए । सन्दीपको बलमा डेभिच क्याच आउट भएका हुन् । उनले मात्र विकेट लिए पनि अरू बलरले भने प्रभाव जमाउन नसक्दा सिन्दीजले केरलाविरूद्द ९ विकेटकाे जित निकाल्न सफल भयाे ।